शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

साग भलिबल : आज नेपाली पुरुष टोली भारतसँग भिड्दै

शुक्रबार, मंसिर १३ २०७६

काठमाडौं(जस)–१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको पुरुष भलिबलमा नेपालले आज शुक्रबार भारतसँग खेल्दैछ ।

समूह चरणको दोस्रो तथा अन्तिम खेलमा नेपालले प्रतियोगिताकै बलियो टिम भारतसँग खेल्न लागेको हो ।

यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ ।

समूह एको पहिलो खेलमा नेपाली टिम बंगलादेशसंग पराजित भएको थियो । अग्रतालाई जोगाउन नसक्दा नेपाली टिम बंगलादेशसंग ३–२ को सेटमा पराजित बनेको थियो ।

पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाललाई सेमिफाइनलमा पुग्नका लागि आज भारतमाथि जित निकाल्नु पर्ने दबाब छ ।

आजै राति ७ बजे श्रीलंका र माल्दिभ्स पनि आमने सामने हुने छन् । यसैगरी महिला भलिबल तर्फ आज दिउँसो १ बजे भारत र बंगलादेश तथा दिउँसो तीन बजे श्रीलंका र माल्दिभ्स भिड्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार