काठमाडौं (जस)–आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले कम्पनीमा नायव महाप्रन्धक पदमा कार्यरत शरण रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ ।
स्नातकोत्तर तह उतिर्ण गरी विगत २७ वर्षदेखि निर्जीवन बिमा तथा वित्त क्षेत्रमा कार्यरत रेग्मीले तत्कालिन एनआईडिसी क्यापिटल मार्केट (हाल सनराईज क्यापिटलमा) २ वर्ष, युनाईटेड इन्स्योरेनस कम्पनी (नेपाल) लिमिटेडमा ७ वर्ष, सगरमाथा इन्स्योरेन्स लिमिटेडमा ८ वर्ष, सिद्धार्थ डेभलपमेण्ट बैंक (हाल जनता बैंक) मा ६ वर्ष र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडमा ४ वर्ष कार्य गरेको लामो अनुभव रहेको छ ।
बिमा तथा वित्त क्षेत्रलाई नजिकबाट नियालेका रेग्मीले उक्त क्षेत्रको शुच्छम अध्ययन गरी सहायक स्तरबाट आफनो सेवा शुरु गरी विभिन्न पद र विभागमा कार्य गर्दै निरन्तर कर्ममा विश्वास गर्ने व्यक्तिको रुपमा आफूलाई स्थापित गर्दै आएका छन् । शरण रेग्मीलाई आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले मंसीर १० गते देखि लागु हुने गरी नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नियुक्ती गरेको छ ।