काठमाडौं । एनआरएनए एनसीसी नेदरल्याण्डले धन्यबाद ज्ञापन गरेको छ । एनसीसी नेदरल्याण्डका अध्यक्ष श्रीराम कंडेल र महासचिव संघर्षशिल केसीले एक विज्ञप्ति जारी गर्दै भारतीय बिस्तारवाद विरुद्ध द हेगस्थित भारतिय राजदूतावास घेराउ, धर्ना, विरोध तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम भव्यताका साथ सम्पन्न भएकोमा सहभागी सबैलाई धन्यबाद ज्ञापन गरेको हो । विरोध कार्यक्रममा एनआरएनए यूरोप संयोजक नारायण आचार्य, आइसिसी सदस्य मनोहरि शर्मा, एनसीसी नेदरल्याण्डका अध्यक्ष श्रीराम कंडेल, वरिष्ठ उपाध्यक्ष मिम पूर्जा, महासचिव संघर्षशिल केसी लगायतको उपस्थिति रहेको थियो ।
भारतिय राजदूतावास घेराउ, धर्ना, विरोध गर्नुका साथै ज्ञापनपत्र समेत बुझाएको छ। सो कार्यक्रमको नेतृत्व/संयोजन एनआरएनए एनसीसी नेदरल्याण्ड्सले गरेको थियो। कार्यक्रममा अन्य संघ-संस्था र नेपाली समुदायको उपस्थिति रहेको थियो।
एनआरएनए एनसीसी नेदरल्याण्ड्सका महासचिव केसीका अनुसार, हालै भारत सरकारले जारी गरेको नयाँ नक्शामा नेपालको अविभाज्य भूमि कालापानी, लिपुलेक अनधिकृत रुपमा आफ्नो नक्शामा देखाईएकै कारण संघका अन्तराष्ट्रिय महासचिवद्वारा प्राप्त निर्देशन अनुसार नै सो कार्यक्रमको आयोजना गरिएको हो। नेपालको स्वाधिनता, सार्वभौमिकता र भौगोलिक अखण्डता जोगाउन भारतीयको सो हर्कतका विरुद्ध नेपाल सरकारले प्रारम्भ गरेको कुटनीतिक पहल, राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनताले गरेको प्रयासलाई प्रवासबाट पनि एक्यबद्धता जनाउन र दबाब सिर्जनागर्न गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्स र नेदरल्याण्ड्सस्थित विभिन्न संघ, संस्थाको सयुक्त पहलमा द हेगस्थित स्थित भारतिय राजदूतावास घेराउ, धर्ना, विरोध तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
व्यस्तताका बावजुद राष्ट्रियताका लागि भएको सांकेतिक बिरोध कार्यक्रमलाइ सफल बनाउन, उपस्थिति, सहकार्य र सहभागिताकानिम्ति नेदरल्याण्डस्थित आदरणीय सम्पूर्णलाइ एनआरएनए एनसीसी नेदरल्याण्ड्सले हार्दिक कृतज्ञता, आभार एबम धन्यबाद ब्यक्त गरेको छ।
विज्ञप्ति :
आदरणीय नेदरल्याण्ड्सस्थित सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक आभार तथा धन्यवाद !
हालै भारत सरकारले जारी गरेको नयाँ नक्शामा नेपालको अविभाज्य भूमि कालापानी, लिपुलेक अनधिकृत रुपमा आफ्नो नक्शामा देखाईएकै कारण, नेपालको स्वाधिनता, सार्वभौमिकता र भौगोलिक अखण्डता जोगाउन भारतीय बिस्तारवादका विरुद्ध नेपाल सरकारले प्रारम्भ गरेको कुटनीतिक पहल, राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनताले गरेको आन्दोलनलाइ प्रवासबाट पनि एक्यबद्धता जनाउन र दबाब सिर्जनागर्न गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्स र नेदरल्याण्ड्सस्थित विभिन्न संघ, संस्थाको सयुक्त पहलमा ‘The Hague’ स्थित भारतिय राजदूतावास घेराउ, धर्ना, विरोध तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । व्यस्तताका बावजुद राष्ट्रियताकालागि भएको सांकेतिक बिरोध कार्यक्रमलाइ सफल बनाउन, उपस्थिति, सहकार्य र सहभागिताकानिम्ति नेदरल्याण्डस्थित आदरणीय सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक कृतज्ञता, आभार एबम धन्यबाद ब्यक्त गर्दछौ ।
श्रीराम कंडेल
अध्यक्ष
संघर्षशिल के सी
महासचिव
गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्स










