काठमाडौं(जस)–पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम भ्रमणमा जाने भएका छन् । केही दिनको निजी भ्रमणमा उनी पश्चिम जान लागेको उनका सहयोगी फणी पाठकले जानकारी दिए । निजी भ्रमणको सिलसिलामा उनी मंसिर १५ गते भैरहवा जाने उनले बताए ।
पूर्वराजा ज्ञानेन्द्र पश्चिम भ्रमणका क्रममा नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मीलगायत जिल्लामा पुग्ने बताइएको छ । भ्रमणका क्रममा उनले त्यहाँका मठ मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको छ । उनले भ्रमणका क्रममा मठ मन्दिरको दर्शनसँगै स्थानीय जनतासँग भलाकुसारीसमेत गर्ने कार्यक्रम छ । केहि दिन अघि काठमाडौँको ठमेलको नाइटक्लबमा सहभागी भएर चर्चामा आएका पुर्वराजा ज्ञानेन्द्रले भैरहवा आसपासका क्षेत्रको भ्रमण गर्ने भएका हुन् ।