नेपाल मगर संघ शाखा कतारद्धारा मगर भाषा तथा लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न (फोटोफिचर)

विवेक पुलामी मगर / मिति २०१९ नोवेम्बर २२ तारिख शुक्रवारका दिन नेपाल मगर संघ, शाखा कतारले मगर भाषा तथा लिपि प्रशिक्षण कार्यक्रम यस संघका अध्यक्ष बिजय कुमार मगरको सभापतित्वमा, र नेपाल मगर संघ, शाखा कतारका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार भिम तरामु मगर को प्रमुख आतिथ्यमा मगर संघ कतारका भाषा, लिपि, साहित्य अध्यायन तथा अनुसन्धान बिभाग संयोजक रेशम आले मगरको संयोजकमा र नेपाल मगर संघ, शाखा कतार दोहा एरिया समितिको ब्यबस्थापनमा मगरभाषा र अख्खा लिपिको सँरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले मगर संघ कतारले मगर भाषा तथा लिपी प्रशिक्षण कार्यक्रम दोहाको नज्मामा अवस्थित गोर्खा रेस्टुरेन्टमा सम्पन्न गरेको छ |

उक्त कार्यक्रममा बिशिस्ट अतिथिमा सल्लाहकार सदस्य डिएन मगर, लिलम्बर चिदि मगर, रबिन मगर हुनुहुन्थ्यो त्येसैगरी अतिथिहरुमा दोहा एरिया समितिका अध्यक्ष तारा थापा मगर, सनैया “ए” एरिया समितिका अध्यक्ष अम्बर थापा मगर,सनैया “बि” एरिया समितिका अध्यक्ष धन थापा मगर, साहनिया एरिया समितिको अध्यक्ष तुषार पुन मगर वक्रा एरिया समितिका कोषाध्यक्ष चित्र कुमारी थापा मगर, एयरपोर्ट एरिया समितिका सुरेन्द्र राना मगर नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष हिम थापा मगर हुनुहुन्थ्यो ।
कार्यक्रममा उपस्थित रहेका सम्पुर्णलाइ कार्यक्रम संयोजक रेशम आले मगरले स्वागत मन्तव्य द्वारा स्वागत गर्दै कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो। मगर भाषा तथा लिपि प्रशिक्षकहरु मगर संघ कतारका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार सदस्य भिम तरामु मगर र संघको सदस्य दिल बहादुर रोका मगर हुनुहुन्थ्यो । कार्यक्रम संचालन मगर संघ कतारका महासचिव विवेक पुलामी मगरले गरेका थिए।

उक्त मगर भाषा तथा लिपी प्रशिक्षण कार्यक्रममा १८ मगरात मा बोलिने मगर खाम पाङ भाषाको बारेमा प्रशिक्षक मगर संघ, शाखा कतारका सदस्य दिल बहादुर रोका मगरले प्रशिक्षण दिनुभएको थियो भने १२ मगरातमा बोल्ने मगर ढुट भाषा र मगर अख्खा लिपिको प्रशिक्षण प्रशिक्षक संघका सल्लाहकार भिम तरामु मगरले दिनु भएको थियो ।
कार्यक्रममा कतारमा रहेको मगरहरुको बाक्लो उपस्थिती रहेको थियो। कार्यक्रमको लागि आवश्यक कपि कलमको प्रायोजन लिलम्बर चिदी मगरले गर्नु भएको थियो भने कार्यक्रम खाजा नारायण खपाङी मगर प्रायोजन गर्नु भएको थियो। कार्यक्रम भाषा लिपी लाई मगर संघ कतारले प्रबर्द्धन र संरक्षण गर्न चालेको अभियान लाई सल्लाहकार डिएन मगरले धन्यवाद दिनु भयो अन्तमा बोल्नु हुँदै मगर संघ कतारका अध्यक्ष तथा कार्यक्रमका सभापति बिजय कुमार मगरले मगर भाषा तथा लिपी प्रशिक्षण कार्यक्रमलाई सफल बनाउन प्रायोजन गर्नुहु्ने र कार्यक्रममा उपस्तिथ रहेका सम्पुर्णलाई धन्यवाद दिदै मगर भाषा लिपी प्रशिक्षण कार्यक्रम समापन गर्नु भयो ।