काठमाडौ । नेपाली राजदूतावास ओमानका राजदूत महामहिम सर्मिला पराजुली ढकालले ओमान अधिराज्यका पर्यटन मन्त्री महामहिम अहमद बिन नासेर अल मेहार्जी(Ahmed bin Nasser Al Mehrazi) लाई वहाँको कार्यकक्षमा भेटनु भएको छ । सो अवसरमा राजदूत ढकालले नेपालमा आयोजना हुन गइरहेको नेपाल भ्रमण वर्ष २०२० को बृहत समुद्घाटन कार्यक्रममा सहभागी हुन नेपालका पर्यटन मन्त्री माननीय योगेश भट्टराईले पठाउनु भएको निमनत्रणा पत्र हस्तान्तरण गर्नुभयो।
उक्त अवसरमा महामहिमहरू बीच नेपाल र ओमानबीच सम्पन्न हुन गइरहेको पर्यटन सम्बन्धी द्विपक्षीय सम्झौतालाई पनि उक्त अवसरमा हस्ताक्षर गर्ने गरी तयारी अगाडि बढाउने सम्बन्धमा छलफल भयो।
महामहिम राजदूतज्यूले नेपालले आगामी बर्ष मनाउन गइरहेको नेपाल भ्रमण बर्ष २०२० को पृष्ठभूमि तथा तयारी बारे ओमनाका माननीय मन्त्रीलाई जानकारी गराउनु भयो। सो भेटमा ओमनी मन्त्रीले नेपाल जान आफू इच्छुक रहेको र उक्त कार्यक्रममा सम्भव भएसम्म उपस्थित हुने प्रतिवद्धता जाहेर गर्नुभयो।