आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

बंगलादेश इमर्जिङ कपको फाइनलमा

बिहिबार, मंसिर ५ २०७६

काठमाडौं(जस)–आयोजक बंगलादेश इमर्जिङ टिम्स एशिया कपको फाइनलमा पुगेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा बंगलादेशले अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । अफगानिस्तानले दिएको २२९ रनको लक्ष्य पछाएको बंगलादेशले ३९.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
बंगलादेशका लागि सौम्य सरकारले सर्वाधिक ६१ रन बनाएका थिए । त्यस्तै कप्तान नाजमुल होसैन शान्टोले ५९ रन बनाएका थिए । त्यसैगरि अफिफ होसैनले अविजित ४५ र यासिर अलीले अविजित ३८ रन बनाए । त्यस्तै मोहमद नैम १७ रन बान्येर आउट भएका थिए । अफगानिस्तानका बलर अब्दुल वासीले २ विकेट लिए भने अजमतुल्लाह ओमारजैले एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाउदै २२८ रन बनाएको थियो । अफगानिस्तानका लागि डारविश रसूलले शतकीय पारी खेलेका थिए । रसूलले १२८ बल खेल्दै ११४ रन बनाएका थिए । त्यस्तै वहीदुल्लाह शिनवारीले ३४ र तारिक स्तानिकले ३३ रन बनाएका थिए । बंगलादेशका बलर हसन महमुद र सौम्य सरकारले ३(३ विकेट लिएका थिए भने तनवीर इस्लामले दुई विकेट लिएका थिए । यो जितपछि बंगलादेशले अब इमर्जिङ टिम्स एशिया कपको उपाधिका लागि पाकिस्तानसँग फाइनलमा खेल्ने भएको छ । फाइनल खेल शनिबार हँुदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार