शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

गोरखामा बूढीगण्डकीको मुआव्जा माग्दै बाबुराम भट्टराई धर्नामा

बिहिबार, मंसिर ५ २०७६

काठमाडौं । बूढीगण्डकी पीडितलाई मुआव्जाको माग गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना बसेका छन् । डुबान पीडित क्षेत्रका जनप्रतिनिधिको आन्दोलनको पहिलो दिन राष्ट्रिय सभाका प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको आन्दोलनलाई समर्थन गर्दै भट्टराई धर्नामा सहभागी भएका हुन् ।

यसरी धर्ना कार्यक्रममा उपस्थित हुनेमा प्रतिपक्षी दलका नेता पाण्डे, बाबुराम भट्टराई, प्रदेश सांसद प्रकाशचन्द्र दवाडी, आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहाल, उपाध्यक्ष कल्पना नेपाली, धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख शम्भुकुमार थापा लगायत रहेका छन्।

पीडित क्षेत्रका स्थानीयबासीको भेलाले मंसिर ५ गते जिल्ला प्रशासन कार्यालय गोरखामा र ६ गते धादिङमा धर्नाको कार्यक्रम तय भएको संघर्ष समितिका अध्यक्ष जगनाथ खनालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार