बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

दुई वटा अमेरिकन पेस्तोलसहित सिराहामा एक पक्राउ

बिहिबार, मंसिर ५ २०७६

 

सिराहा(जस) – सिराहा कल्याणपुर नगरपालिका ३ इटारीका २१ वर्षीय अहमद मियाँलाई दुई वटा अमेरिकन पेस्तोलसहित पक्राउ गरेको सिराहा प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले बताए।उनका अनुसार बुधबार मध्यराती गस्तीमा निस्केको प्रहरी टोलीले उनलाई ७ र ९ एमएमको दुई अमेरिकन पेस्तोलसहित समातेको थियो। त्यसको तीन थान म्यागजिन र दुई थान गोलीसमेत बरामद भएको चतुर्वेदीले बताए।मियाँले कहाँबाट पेस्तोल ल्याए भन्ने खुलिसकेको छैन। पक्राउ परेका मियाँलाई हिरासतमा लिई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार