आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

पाकिस्तान भारतलाई पराजित गर्दै इमर्जिङ कपको फाइनलमा

बुधबार, मंसिर ४ २०७६

काठमाडौं (एजेन्सी)–बंगलादेशमा जारी इमर्जिङ टिम्स एशिया कपमा पाकिस्तान फाइनलमा पुगेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा पाकिस्तानले भारतमाथि ३ रनको सनसनीपूर्ण जित निकाल्दै पाकिस्तान फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको २६८ रनको लक्ष्य पछाएको भारत ५० ओभरमा ८ विकेट गुमाउदै २६४ रन मात्र बनाएको थियो ।
यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाउदै २६७ रन बनाएको थियो । अब पाकिस्तानले उपाधिका लागि अफगानिस्तान र बंगलादेशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ । यस प्रतियोगितामा खेलेको नेपाल समुह चरणमा समुह बि मा तेस्रो हुदै बाहिरिएको थियो । नेपालले हङकङविरुद्ध मात्र जित निकालेको थियो भने भारत र बंगलादेशसँग पराजित भएको थियो । अब दोस्रो सेमिफाइनल खेल अफगानिस्तान र बंगलादेशबीच विहिबार हुदै छ भने फाइनल खेल आगामी शनिबार हुदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार