आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

टी १० लिगमा पारस र सन्दीप खेल शुक्रबार, नेपालका दुवै खेलाडी टिम आमने सामने हुने

बुधबार, मंसिर ४ २०७६

काठमाडौं । यूएईमा भइरहेको टी १० लिग क्रिकेटको लिग चरणका खेल सकिएका छन् । मंगलबारदेखि सुपर लिगको खेल सुरु भइसकेको छ ।

सुपर लिगमा २२ नोभेम्बर अर्थात् शुक्रबार नेपालका दुवै खेलाडी पारस खड्का र सन्दीप लामिछानेको टिम आमने सामने हुने छन् ।

यो खेल शुक्रबार राति नेपाली समय अनुसार पौने १० बजेदेखि सुरु हुनेछ ।

अहिलेसम्म पारसले २ वटा खेलमा टिममा स्थान बनाए भने सन्दीपले तीन वटामा बनाइसकेका छन् ।

सन्दीपले अहिलेसम्म तीन विकेट हात पारेका छन् भने पारसले पनि नट आउट ४ रन जोडेका छन् । सन्दीपले सोमबार सबैभन्दा महँगो ओभर बलिङ गरेका थिए ।

उनको एकै ओभरमा किरन पोलार्डले ३० रन दिएका थिए । पारस भने सोमबारको टिममा परेका थिएनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार