प्रियंका कार्कीले गरिन् निर्देशनमा डेब्यू

काठमाडौं(जस)–अभिनेत्री प्रियंका कार्की पनि निर्देशक भएकी छन् । म्युजिक भिडियो मार्फत उनले निर्देशनमा डेब्यु गरेकी हुन् । उनको निर्देशन रहेको पहिलो म्युजिक भिडियो ‘मेरै लाहुरेले’ सार्वजनिक भएको छ । बालगायिका आयुष्का खनियाँको स्वर रहेको गीतको भिडियोमा अभिनेत्री कार्कीले प्रेमी आयुष्मान देशराज जोशीसँग रोमान्स गरेकी छन् ।
अभिनयको अलवा अव निर्देशनको पाटोलाई पनि आफुलेसँगसँगै लैजाने कार्कीले बताइन् । ‘धेरै पहिलेदेखि निर्देशनमा आउन चाहन्थे’ कार्कीले थपिन् ‘बल्ल साइत जुर्यो ।’ लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । गीतमा नरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन् । काठमाडौँको पार्क भिलेज रिसोर्टमा छायाँकन गरिएको भिडियोलाई सुदिप बरालले छायांकान गरेका हुन् । शुभ मिडियाले निर्माण गरेको भिडियोको सम्पादक सन्देश शाह हुन् ।