विश्वकप छनोटअन्तगर्त नेपाल कुवेतसँग पराजित

काठमाडौं(जस)–विश्वकप छनोटअन्तगर्त नेपाल कुवेतसँग पराजित भएको छ । मंगलबार भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा सम्पन्न खेलमा कुवेतले नेपाललाई १–० ले पराजित गरेको हो । कुवेतको जितमा खेलको २७औं मिनेटमा कुवेतका कप्तान बाडेर अलले खेलको एक मात्र गोल गरेका थिए । चार मुख्य खेलाडी मुख्य स्ट्राइकर विमल घर्ती मगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी बिना नेपालले कुवेतको सामना गरेपनि तुलनात्मक रुपमा नेपाल राम्रो खेलेको थियो ।
विश्वकप छनोट चरणमा नेपाल कुवेतसँगको पहिलो खेलमा ७–० गोलअन्तरले पराजित भएको थियो । विश्वकप छनोटमा यसअघि चार खेल खेलको नेपालले एक खेलमा जित तथा तीन खेलमा पराजय भोगेको छ । नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले हराएको थियो भने अष्ट्रेलियासँग ५–० ले र जोर्डनसँग ३–० गोलअन्तरले पराजित भएको थियो ।