भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भूभागलाई आफ्नो देशको राजनीतिक नक्सामा राखेपछि नेपालमा मात्र नभई संसारभर छरिएर रहेका नेपालीहरूले आआफ्नो स्थानबाट विरोध प्रदर्शन गर्दै आइरहेका छन् । यसै शिलशिलामा, विश्वभर छरिएर रहेकाे नेपालीहरूकाे छाता संगठन गैरआवासीय नेपाली संघले पनि जर्मनीमा भारतीय सिमा अतिक्रमणविरुद्ध वृहत्त प्रदर्शन गरेको छ । एनआरएनए जर्मनीको आयोजनामा जर्मनीमा प्रदर्शन भएको हो । प्रदर्शनमा एनआरएनए आइसिसी अध्यक्ष कुमार पन्त पनि सहभागि हुनुभयो । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले नयाँ नक्सा जारी गर्दै आफनो क्षेत्रमा राखेपछि देश तथा विदेशमा त्यसको विरोधमा प्रदर्शन भइरहेको छ ।
अध्यक्ष पन्तले भारतीय अतिक्रमणविरूद्ध विदेशमा रहेका सम्पूर्ण नेपालीरू आन्दोलीत भइरहेकाे र साेही अनुसार जर्मनीको फ्र्यांकफर्टमा गैरआवासीय नेपाली संघ लगायत विभिन्न नेपाली संघसंगठन समेत मिलेर एकसाथ प्रदर्शन गरेको बताउनुभयो । यसअघि एनआरएनए आइसिसीले सबै एनसिसीलाई भारतीय अतिक्रमण विरुद्ध प्रर्दशन, विरोध गर्न र सम्बन्धीत देशमा रहेको भारतीय राजदूतावासमार्फत ज्ञापन पत्र बुझाउन निर्देशन समेत दिएको थियो ।

बेल्जियममा पनि भारतीय अतिक्रमणविरूद्ध नाराजुलुस
“गो ब्याक इन्डिया” भन्दै बेल्जियमका नेपालीहरूले ब्रसेल्सस्थित भारतीय दूतावास अगाडी “गो ब्याक इन्डिया फ्रम नेपाल” लेखिएको ब्यानरसहित विभिन्न राजनीतिक सङ्गठन, एनआरएन, जातीय तथा क्षेत्रीय सङ्घसंस्थाहरूको उपस्थितिमा नाराजुलुस गर्दै भारतीय दूतावासलाइ ज्ञापनपत्र समेत बुझाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै ज्ञापनपत्रमा सीमा अतिक्रमण लगायत सीमामा हुने भारतीय ज्यादती तत्काल रोक्न माग गर्दै भारतले जारी गरेको नयाँ नक्सा सच्याउनका लागि आग्रह गरिएको बिरोध कार्यक्रममा उपस्तिथहरुले बताएका छन उपस्थित नेपालीहरुले प्रातिकूल मौसमलाई चुनौती दिँदै दूताबासअगाडि ‘गो ब्याक इन्डिया, कालापानी, लिम्पियाधुरा, लिपुलेक हाम्रो हो, भारतीय साम्राज्यवाद मुर्दावाद’ लगायत नारा लगाएका थिए । बेल्जियममा रहेका नेपालहरुले मातृभूमी प्रतिको प्रेम, रास्ट्रीयता, राष्ट्रिय स्वाधिनताको मुद्वामा देखाएको एकताको सबैले सामाजिक संजाल मार्फत प्रसंसा व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाली जनप्रगतिशील मोर्चा बेल्जियम, प्रवासी नेपाली मञ्च, प्रवासी नेपाली एकता समाज, नेपाली सङ्घीय समाज, नेफिन बेल्जियम, जनसम्पर्क समिति बेल्जियम, एनआरएन बेल्जियम लगायत बिभिन्न संघ सँस्था तथा सामाजिक व्यक्तित्वहरु लगायत सबै देशप्रेमी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
साथसाथै, अस्ट्रेलिया, जापान, जर्मनी अमेरिका आदि बिभिन्न देशहरुमा पनि भारतीय राजदुतावास अगाडी बिरोध कार्यक्रमहरु सम्पन्न भैसकेका छन् ।


