काठमाडौँ । अर्जेन्टिना र उरुग्वेबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।
लियोनेल मेसीले खेलको ९२औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरेका थिए । २-१ ले पछि परेको अर्जेन्टिनालाई मेसीले गोल गर्दै हारबाट बचाएका थिए ।
यसअघि उरुग्वेका लागि एडिसन कभानी र लुइस स्वरेजले एक एक गोल गरेका थिए । त्यस्तै सर्जियो अग्युरोले अर्जेन्टिनाका लागि एक गोल गरेका थिए ।