शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

अमेरिकाको क्यालिफोर्नियामा गोली लागेर चारको मृत्यु

सोमबार, मंसिर २ २०७६

लस एन्जलस, अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । लस एन्जलसदेखि ३५० किलोमिटर टाढा पर्ने फ्रेन्सोमा भएको सो घटनामा गोली लागेर अरू ६ जना घाइते भएको प्रहरीले जनाएको छ । पारिवारिक सदस्यहरू जम्मा भएको ठाउँमा एक व्यक्तिले आइतबार गोली प्रहार गरेको स्थानीय प्रहरी अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार आइतबार बेलुका ६ बजेतिर घटना भएको जनाइएको छ । घटना भएको बेला घटनास्थलमा ३५ जना रहेका थिए ।उनीहरू फुटबल हेर्नका लागि सो ठाउँमा भेला भएको फ्रेन्सो प्रहरी विभागका उपप्रमुख मिचेल रिडले जानकारी दिए ।प्रारम्भिक विवरणअनुसार अपरिचित व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । ती व्यक्तिको अहिलेसम्म पनि पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार