शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

शरद अरबिन्द बोब्डे भारतको प्रधान न्यायाधीशमा नियुक्त

सोमबार, मंसिर २ २०७६

नयाँदिल्ली, भारतको ४७औँ प्रधान न्यायाधीश पदमा न्यायाधीश शरद अरबिन्द बोब्डे नियुक्त भएका छन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष समारोहमा न्यायाधीश बोब्डेलाई प्रधान न्यायाधीशको पद तथा गोपनीयताको शपथ गराए ।प्रधान न्यायाधीश रञ्जन गोगोईको कार्यकाल समाप्त भएका कारण न्यायाधीश बोब्डे प्रधान न्यायाधीश भएका हुन् । गोगोई करिब १३ महिना भारतको प्रधान न्यायाधीश भएका थिए । उनले यही नोभेम्बर १७ मा अवकाश प्राप्त गरेका थिए ।
शपथग्रहण कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहसमेतका उच्च पदस्थ व्यक्ति उपस्थित थिए । न्यायाधीश बोब्डे सन् १९५६ मा भारतको महाराष्ट्रस्थित नागपुरमा जन्मिनु भएको हो । उनले नागपुर विश्वविद्यालयबाट कानूनमा एलएलबी र बीएसम्मको अध्ययन गरेका थिए । भारतीय उच्च अदालतमा न्यायाधीश रहेर सेवा गरेका उन सन् २०१३ मा भारतीय सर्वोच्च अदालतको न्यायाधीशमा पदोन्नति भएका थिए । न्यायाधीश बोब्डेले आगामी सन् २०२१ को अप्रिल १३ मा अवकाश प्राप्त गर्नेछन ।

प्रतिक्रिया
सम्बन्धित समाचार