काठमाडौं(जस)-जिएमई रेमिट प्राली र अल फरदिन एक्सचेन्जबीच रेमिटेन्स सम्झौता भएको छ।जिएमई रेमिटका प्रबन्ध निर्देशक दिवाकर पौडेल र अल फरदिन एक्सचेन्जका प्रमखु कार्यकारी अधिकृत ओसामा अल रहमानले सम्झौतापत्रमा हस्ताक्षर गरे।सम्झौतापछि अल फरदिन एक्सचेन्जमार्फत यूएईबाट पठाएको रकम जिएमई रेमिटका एजेन्टबाट सहजै भुक्तानी लिन सक्नेछ।देशभर जिएमई रेमिटका ७ हजारभन्दा बढी एजेन्टमार्फत यो रकम भुक्तानी लिन सकिने जारी बिज्ञप्तीमा उल्लेख छ।हाल जिएमई रेमिटले दक्षिण कोरिया, अमेरिका, यूके, मलेसिया, जापान लगायत अन्य खाडी मुलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको जनाएको छ जिएमई रेमिट र अल फरदिन एक्सचेन्जबीच सम्झौता, यूएईबाट पैसा पठाउँदा जिएमईबाट झिक्न पाइने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।