एनआरएनए टेक्ससबाट विजयी जोशी, पोखरेल र कार्की सम्मानित

गैरआवासिय नेपाली संघ (एनआरएनए) को नवौ विश्वसम्मेलनबाट नयाँ कार्यसमितिमा टेक्ससबाट विजयी तीन जनलाई शुक्रबार सम्मान गरिएको छ ।
नेपाल जनसम्पर्क समिति ड्यालस फोटवर्थ च्याप्टरले युलेसको फिस्टेल रेष्टुरेन्टमा आयोजना गरेको वीर गणेशमान चलचित्र प्रदर्शनी तथा अन्तक्रिया कार्यक्रममा एनआरएनए सचिव गौरीराज जोशी, अमेरिकाज क्षेत्रको उपसंयोजक राम सि पोखरेल र अमेरिकाज क्षेत्रको महिला संयोजक उमा कार्कीलाई सम्मान गरेको हो ।कार्यक्रममा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह तथा नेपाल जनसम्पर्क समितिका पुर्व अध्यक्ष हरिबोल भण्डारीले खादा लगाएर सम्मान गरेका थिए ।तीन जना टेक्ससबाट प्रतिनिधित्व गदै एनआरएनएको विश्वसम्मेलनबाट विजय भएका हुन ।