दाङ, ३० कात्तिक / प्रहरीले कपिलवस्तुको शिवनगर नगरपालिका–१ बाट पाँचथान अत्याधुनिक एसएमजी राइफल बरामद गरेको छ ।
प्रहरीले शुक्रबार साँझ एक गोठबाट राइफलसहित त्यसको १३ थान म्यागजिन र ३ सय ९० राउण्ड गोली बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहले ती हतियार सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको भएको दाबी गरे ।
उनका अनुसार सुटकेसमा राखेर हतियार अन्यत्रै सार्ने तयारी गरिरहेको सूचनाका आधारमा उक्त स्थानमा छापा मारिएको थियो । प्रवक्ता शाहीले प्रहरी आएको सुइँको पाएपछि विप्लव कार्यकर्ता हतियार छाडेर भागेका दाबी गरे ।