शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

नेपाली क्रिकेटर पारस खड्का आबद्ध टिम आबुधाबीले आफ्नो पहिलो खेल कलन्दर्ससँग खेल्दै

शुक्रबार, कार्तिक २९ २०७६

काठमाडौं – युनाइटेड अरब इमिरेट्स (युएई) मा सुरु तेस्रो संस्करणको टि–टेन लिगमा आज नेपाली क्रिकेटर पारस खड्का आबद्ध टिम आबुधाबीले आफ्नो पहिलो खेल कलन्दर्ससँग खेल्दैछ । शेख जायद स्टेडियममा खेल नेपाली समयअनुसार राति पौने ११ बजे सुरु हुनेछ । नेपालका पूर्वकप्तान पारस पहिलो पटक विदेशी लिगमा आबद्ध भएका कारण नेपाली समर्थकले टि–टेनलाई विशेष चासोका साथ हेरिरहेका छन् । टि–टेनमा पारससँगै सन्दीप लामिछाने पनि आबद्ध छन् । सन्दीपले गत संस्करण पनि खेलेका थिए । यसैबीच सन्दीपले पारसलाई जितको शुभकामना दिएका छन् । सामाजिक संजालमार्फत् पारस र आफ्नो फोटो राख्दै सन्दीपले टि टेनमा राम्रो प्रदर्शनका लागि शुभ-कामना दिएका छन् । सन्दीप भने कर्नाट टस्कर्समा आबद्ध छन् । । पछिल्लो समय फर्ममा रहेका पारस पहिलो फ्रेन्चाइज लिगको खेलमा प्लेइङ–११ मा पर्ने सम्भावना छ । मोयन अली जस्ता अनुभवी खेलाडी रहेको पारस आबद्ध टोलीमा भारतका पूर्वक्रिकेटर युवराज सिंह, साहिद अफ्रिदी, मोहम्मद हफिज जस्ता खेलाडी रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार