आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कप्तान रित गौतमकाे ८४ रनकाे मद्दतले भारतीय अन्डर-१९ ‘बि’ लाइ २११ रनको लक्ष्य

शुक्रबार, कार्तिक २९ २०७६

काठमाडाैं-भारतको हैदराबादमा जारि अन्डर-१९ एकदिवसीय च्यालेन्जर्स ट्रफी अन्तर्गत नेपाली अन्डर-१९ टिमले भारतीय अन्डर-१९ ‘बि’ संग प्रतिस्पर्धा गरिरहेको छ।खेलमा टस हारेर ब्याटिंग गरेको नेपालले ४९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर २१० रन बनाउदै २११ रनको लक्ष्य दिएको छ।
नेपालको लागि कप्तान रित गौतमले सर्वाधिक ८४ रन बनाए। उनले ९३ बलमा १२ चौका र १ छक्का प्रहार गरे। यस्तै शेर मल्लले ३३, हरि बहादुर चौहानले २०, आकाश चन्दले १८ तथा कुशल मल्लले १२ रन बनाए।सुरुवात देखि लगातार विकेट गुमाएता पनि रित गौतमले एक किनार सम्हालेर ब्याटिंग गरेका थिए। लोकेस बम ५, तृत राज दास २, बिशाल बिक्रम केसी ३ तथा अभिषेक बस्नेत खाता नखोली आउट भए।
रितले पाँचौ विकेटको लागि हरि बहादुर चौहानसंग ५३ रनको साझेदारी गरे। रित ३२ औं ओभरमा आउट भएपछि शेर मल्लले आकाश चन्दसंग आठौँ विकेटको लागि ४७ रनको साझेदारी गर्दै नेपालको योगफल २०० नजिक पुर्याएका थिए। शेरले ४७ बलमा ३ चौका प्रहार गरे।
भारत यु-१९ टिमको बलिङ्गमा दिभ्यांश जोशीले ३ तथा विनोद २ विकेट लिए।

प्रतिक्रिया
सम्बन्धित समाचार