बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्राउ

बिहिबार, कार्तिक २८ २०७६

गलेश्वर(जस)–पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई बुधबार खुकुरी प्रहार गरी फरार भएका म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङका २७ वर्षीय रमेश पुन पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले निस्कोट र रुमको बीचमा रहेको खोलाबाट उनलाई नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो । घटनाको विस्तृत अनुसन्धान थालिएको पनि उहाँले बताउनुभयो ।

बाटोमा हिँडिरहेकै अवस्थामा खुकुरी प्रहारबाट गम्भीर घाइते बनेकी प्रअ पुनलाई उपचारका लागि हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा लगिएको छ । घाइते भएकी पुनको कान, टाउको र हातमा गम्भीर चोट लागेको छ । अहिले घाइते पुनको अवस्थामा सुधार आएको र उहाँ बोल्न र मान्छे चिन्न सक्ने अवस्थामा रहनुभएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार