काठमाडौं । निजामती कर्मचारीको अनिवार्य अवकाशका लागि उमेरहद बढाइएको छ । यसअघि ५८ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाशको व्यवस्था थियो । अनिवार्य अवकाशको उमेर हद दुई वर्ष बढाउँदै ६० वर्ष पुर्याइएको हो ।
अवकाशका लागि ६० वर्ष उमेर हद भएपछि कर्मचारीको अवधि स्वतः दुई वर्ष थपिने भएको छ । २०४९ सम्म अवकाशका लागि उमेर हद ६० वर्ष रहेकोमा यसलाई संशोधन गरेर ५८ वर्षमा झारिएको थियो। त्यो प्रावधानका कारण थुप्रै कर्मचारीले अवकाश पाएका थिए। निजामती सेवामा करिब ९० हजार कर्मचारी छन्।
सरकारी सेवामा रहेका अन्य कर्मचारीको अवकाश उमेर हद साठी रहेकोले एकरुपता ल्याउन साठी पुर्याइएको हो।