समर्पण रम्जान दिन मियाँ
काठमाडाैं – तेजावद्वारा आक्रमित वीरगञ्ज नगरपालिका छपकैया–२,की १५ बर्षिया मुस्कान खातुन लाई अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबले उनको थप उपचारको लागि ६८,१९० रुपैंया ( अठसठ्ठी हजार एक सय नब्बे रुपैयाँ ) सहयोग रकम हस्तानन्तरण गरेको छ । वीरगंज स्थित त्रिभुवन उच्च मावि कक्षा ९ मा अध्ययनरत मुस्कानलाई बिहान विद्यालय जादै गर्दा दुईजना स्थानिय युवकले एसिड प्रहार गर्दा अनुहारको दायाँ भाग, घाटी, छाति र हात डढेर गम्भिर घाइते भएकी र ‘नेपाल क्लेफ्ट एण्ड बर्न सेन्टर’ किर्तिपुर अस्पताल काठमाडौमा उपचार भइरहेको खबर बिभिन्न मिडियाहरुमा आएपछि अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबले पनि उनको थप उपचारर्थ सहयोगको लागि आफ्नै संस्था भित्र मुस्कान सहयोगार्थ अभियान चलाउँदै सहयोग रकम संकतलित गरेको थियो ।एसिड प्रहारले शरिरको १० प्रतिशत भाग डढेकी मुस्कान खातुनको थप उपचारका लागि राजु सैयद, रमजान बाबु, मोहम्मद जैनुल अब्दिन, चाँद मोहम्मद, मुस्ताक मदनी, समर्पण रम्जान दिन मियाँ, रफि मियाँ, मोहम्मद अख्लाक आलम, नुरुल जमा अन्सारी, सलमान जिरेल, फिरोज अहमद राईन, मोहम्मद फिरोज, मोहम्मद ऐनुल हक,अब्रार अहमद हनिफ,उवेद सेख, ईझारुल मन्सुरी, मोहम्मद मुघिस, मुन्ना अन्सारी, मोहम्मद सोहेव, मोहम्मद ईस्तियाक, मुबारक अन्सारी, मातृका प्रसाद, शिभम् शाह,रुद्र थापा, हरुले आर्थिक सहयोग गर्नु भएको थियो ।

सोही अवसर पारेर १४ बर्ष साउदीमा कार्यरत रहि सक्नु भएका ब्यवसायी गोर्खा पालुङटार का हफिज खान ३००० रुपैयाँ र अल वसीम टान्सलेशन एण्ड सर्भिसेज कतार तथा नेपालका प्रवन्ध निर्देशक लहान सिरहा घर भै कतारका ब्यवसायि वसीम अक्रम ले पनि ५००० रुपैयाँ पीडित मुस्कान खातुनलाई हस्तानन्तरण गरेका थिए ।उक्त संकलित रकम काठमाडौं स्थित मुस्कानकै कोठामा गएर साउदी प्रतिनिधि ऐनुल हक र प्रोफेसर राष्ट्रिय मानवअधिकार समिती कतारका नेपाली प्रतिनिधि तथा INMS ICC संयोजक रमजान बाबु अलि ज्यु हरुले हस्तानन्तरण गरेका हुन् ।नेपालभरी यस्ता पिडाह्रदयी घटनाहरु दिनानुदिन बड्दै गईरहेको र पिडितले न्याय नपाएको, पिडकले पाउनु पर्ने सजाँय नपाएको कटु सत्यता त सबैमा सर्बबिधितै रहेको छ । यस्ता घटनाहरु बारम्बार नदोहोरिनका समाजमा बिध्यमान रहेको बलत्कार, हत्यामा संलग्न बलत्कारी, हत्यारा, र जघन्य अपराध गर्ने जस्ता नरपिचासहरुलाई फाँसीको सजाय हुनु पर्ने कडा नियम बनाई लागु गर्न पनि अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरब नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छ ।