शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

मेनपावरको कडा अनुगमन हुँँदै, विभाग भन्छ – नियमित अनुगमन

बुधबार, कार्तिक २७ २०७६

काठमाडौं (जस)– वैदेशिक रोजगारमा देखिएको विकृति रोक्न भन्दै वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीमा कडाइका साथ अनुगमन गर्ने भएको छ । विभागले अनुगमनका लागि २३ प्रकारका कागजात तयारी अवस्थामा राख्न भन्दै मेनपावर कम्पनीहरुलार्य पत्र पठाइसकेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्म कुमार भुसालले भने यो नियमित अनुगमन भएको बताए । ‘धेरैलाई ऐन कानूनको जानकारी नभएको पाइएकोले फिल्डमै ओरिएण्ट गर्ने उद्देश्यले यो अनुगमन हुन लागेको हो । यो अनुमनमा कम्प्लेन मोनिटर तथा इम्प्लोयर पे प्रिन्सिपल लागू भए नभएको समेत हेरिनेछ,’ भूषालले बताए । भुसालले बहु विधिबाट अनुगमन गरिने बताउँदै संस्था दर्ता, अद्यावधिकदेखि विभागले दिएका निर्देशन पालनाको अवस्था खोज्ने तयारी गरिएको जानकारी दिए ।
अब पनि पहिलेकै जसरी लापरबाही तरिकाले काम नगर्न चेतावनी विभागले दिएको छ । अनुगमनमा आउँदा विभिन्न कागजात तयारी अवस्थामा राख्न निर्देशन पनि दिएको छ । अनुगमन फितलो भएको गुनासो आइरहेका बेला विभागले सबै मेनपावर कम्पनीलाई कार्यालयमा बोलाएर सचेत गराइसकेको छ । यस्तै पछिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता, इजाजतपत्र नवीकरण, थप उद्देश्य भए त्यसको समेत नवीकरण, धरौटी अद्यावधिक, ठेगाना र पूर्वाधार, मागपत्र, दूतावास प्रमाणिकरण, पूर्व स्वीकृति, सूचना नतिजाको जानकारी विभागले अनुगमनका क्रममा माग्ने छ ।
बिमा, अभिमुखीकरण तालिम, स्वास्थ्य परीक्षण, रकम लिएको भरपाइ, लेजर खाता, चालु आर्थिक वर्षको हालसम्मको माग, पूर्वस्वीकृति, पठाएको र बाँकी विवरण, अनलाइन अपडेट, कार्यालयमा सेवाग्राहीको पहुँचको अवस्था, सुरक्षाकर्मीको अवस्था, कम्प्युटर, कागजात लगायतका सामग्री, नागरिक बडापत्र, उजुरी पेटिका र विभागीय निर्देशन कार्यान्वयनको अवस्थाबारे जानकारी माग्ने भएको हो । लामो समयदेखि बेथितिले जरा गाडेको वैदेशिक रोजगारीलाई ‘सिस्टम’मा ल्याउन विभागले कसरत गरिरहेको महानिर्देशक भुसालले बताए । विभागले अनुगमनका लागि कार्यविधि तयार गरिसकेको छ । आफ्नो तर्फबाट गर्नु पर्ने सुधार पनि भइरहेको उनले बताए । उनले भने, ‘अब पनि पहिलेकै पारामा वैदेशिक रोजगारी चल्दैन । सुधार आवश्यक छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार