वेस्टइन्डिजद्वारा सिरिज क्लिन स्विप
काठमाडौं(एजेन्सी)–वेस्टइन्डिजले अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिज ३–० ले जितेको छ । गएराती सम्पन्न तेस्रो एकदिवसीय खेल वेस्टइन्डिजले ५ विकेटले जितेर सिरिज क्लिन स्विप गरेको हो । अफगानिस्तानले दिएको २५० रनको लक्ष्य पछाएको वेस्टइन्डिजले ४८.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । वेस्टइन्डिजको जितमा साइ होपले शतकीय पारी खेलेका थिए । होपले अविजित १०९ रन बनाएर वेस्टइन्डिजलाई जिताएका थिए । त्यस्तै रोस्टन चेजले अविजित ४२ रन बनाए भने ब्राण्डन किंगले ३९ रन बनाए भने केरोन पोलार्डले ३२ रन बनाए । त्यस्तै निकोलस पुरनले २१ रन बनाएका थिए । त्यस्तै एवीन लुइस एक र शिमरोन हेटमेयर शुन्यमा आउट भएका थिए ।
वेस्टइन्डिजका लागि मुजीब उर रहमानले २ विकेट लिएका थिए भने रासिद खान, मोहमद नावी र शराफुद्दीन अश्राफले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइन्डिजले ५० ओभरमा ७ विकेट गुमाएर २४९ रन बनाएको थियो । अफगानिस्तानका लागि अस्घर अफगानले सर्वा्धिक ८६ रन बनाए ।
त्यस्तै हजरतुल्लाह जजई र मोहमद नावीले ५०(५० रन बनाएका थिए । त्यस्तै नाजिबुल्लाह जर्दानले ३० रन बनाए भने रहमत शाहले १० रन बनाएका थिए । वेस्टइन्डिजका लागि किमो पाउलले ३ विकेट लिएका थिए भने अल्जामी जोसेपले २ विकेट लिएका थिए । त्यस्तै रोमारियो शेपेर्ड र रोस्टन चेजले एक एक विकेट लिएका थिए । योसँगै साइ होप खेलको प्लेयर अफ द म्याच बनेका छन् भने वेस्टइन्डिजका रोस्टन चेज प्लेयर अफ द सिरिज बनेका छन् । यो जितपछि वेस्टइन्डिजले ३ खेलको सिरिज ३(० ले जितेको छ । साथै अफगानिस्तान लगातार १२ खेलमा हार बेहोरेको छ ।