सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

७१ स्थानमा भारत र ११ स्थानमा चीनद्धारा नेपाली सीमाभूमीमा बलमिच्याइ

मंगलबार, कार्तिक २६ २०७६

काठमाडौँ, लिपुलेक र कालापानी दक्षिणी छिमेकी राष्ट्र भारतले आफ्नो नयाँ नक्साभित्र राखेको भनेर विरोध भइरहेका बेला उत्तरी छिमेकी चीनले पनि नेपालको उत्तरी सिमानामा ११ ठाउँमा सीमा मिचेको रहस्य सार्वजनिक भएको छ । चीनले नेपालका विभिन्न ४ जिल्लाकाका सीमाना मिचेको हो । केही वर्ष अघि संसदमा उठेकाे प्रश्नकाे जवाफ दिँदै तत्कालीन परराष्ट्रमन्त्री सहाना प्रधानले चीनले समेत ठुलाे परिमाणमा नेपाली भूमिमाथी अतिक्रमण गरेकाे वक्तव्य दिएकी थिईन, जुन संसदकाे रेकर्डमा रहेकाे छ ।

सम्बन्धित स्राेतका अनुसार अनुसार चिनियाँपक्ष समक्ष सिमाना अतिक्रमणकाे विषय उठाउँदा चिनियाँपक्ष सदैव यस मुद्दाबाट तर्किंदै अाएकाे छ । गत साता बसेकाे सर्वदलीय बैठकबाट कालापानी विवाद समाधान गर्न सरकारलाई सुझाव प्राप्त भएकाे अवस्थामा नेपाली भूभागलाई अतिक्रमणबाट सुरक्षित राख्न प्रभावकारी संयन्त्र निर्माण गरेर चीनसंग समेत ठाेस पहल गर्नुपर्ने देखिएकाे छ ।

चीनले हुम्ला, रसुवा, सिन्धुपाल्चोक, संखुवासभाका विभिन्न स्थानहरूमा सीमा मिचेको कृषि मन्त्रालयको नापी शाखाले जनाएको छ । चीनले हुम्लाको भाँगदारे खोलामा ६ हेक्टर, कर्णालमा चार हेक्टर, रसुवाको सन्जेन खोलामा दुई हेक्टर, भुर्जुग खोलामा एक हेक्टर, लेम्दे खोलामा एक हेक्टर, जबमु खोला ३ हेक्टर, सिन्धुपाल्चोकको खराने खोलामा सात हेक्टर, भोटेकोशीमा चार हेक्टर, समजुँग खोलामा ३ हेक्टर, काम खोलामा २ हेक्टर र संखुवासभाको अरुण नदीमा ४ हेक्टर जमीन कब्जा गरेको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ ।

चीनसँग जोडिएको उत्तरी नेपालमा पूर्वदेखि पश्चिमसम्म ४३ भन्ज्याङ–नाकाहरू रहेका छन् । ती भन्ज्याङहरूले नेपाल–चीन सीमा नाकाको काम गरेका छन् । तिब्बत स्वासित चीन क्षेत्रमा सडक सुविधा विस्तार हुँदै गएको सडकको सञ्जाल फिजिँदै आएकोले त्यहाँका नदी, खोला पनि नेपाल सीमाभित्र पस्दै आएकोले नेपालको भू–भाग तिब्बततर्फ गइरहेको कृषि मन्त्रालयको नापी शाखाले जनाएको छ ।

सगरमाथाकाे उचाइमा विवाद
चीनसँगको सीमाबारे विवाद भएको खासै बाहिर आउँदैन । पहाडी र विकट हिमाली क्षेत्र भएकाले चीनसितको सीमा–विवाद बाहिर नआएको मात्रै हो तर चीनसँग पनि उत्तिकै सिमा विवादहरू छन । सगरमाथाको उचाई, दोलखाका पर्ने ५७ नम्बर पिलर लगायतहरूमा अझैपनि विवाद नै छ । साथै, नेपाल–चीन सीमाका अन्य ठाउँमा सामान्य विवाद छन् भने झण्डै आधा दर्जन सीमा स्तम्भ बेपत्ता भएका छन् । नेपाल–चीन सीमाको लम्बाइ एक हजार चार सय १४ किलोमिटर छ। पूर्व सिक्किम सीमादेखि पश्चिम लिपुलेकसम्म ६९ वटा सीमा स्तम्भ बनाइएका छन् । ती मध्ये सन् २००५ मा भएको सुपरीवेक्षणमा ३७, ३८, र ६२ नम्बरका स्तम्भ भेटिएका थिएनन्। ३७ र ३८ नम्बर स्तम्भ गोरखाको तोम खोलामा पर्छ। त्यहाँ सन् १९७८ मा सीमांकन हुँदैदेखि स्तम्भ भेटिएको थिएन । सोलुखुम्बुको नाम्पा भञ्ज्याङमा रहेको ६२ नम्बरको स्तम्भ पनि छैन। ६२ नम्बर पिलरपछि भेटिएको नापी विभाग स्रोतले बताएको छ। ठूलो समस्याचाहिँ ५७ नम्बर स्तम्भमा छ । दोलखाको लामाबगर पूर्वपट्टिको कोर्लाङपारिको टुप्पोमा हुनुपर्ने स्तम्भ पहाडको फेदमा छ। सन् १९७८ सीमांकन गर्न जाँदा उक्त स्तम्भ नभेटिएको सीमाविद् पूण्यप्रसाद ओलीले बताए ।

नेपाल–भारत सीमाका ७१ स्थानमा विवाद
कालापानी र लिपुलेकसहित नेपाल–भारत सीमाका ७१ स्थानमा विवाद छ। भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा समस्या छ। डँडेल्धुरा, बैतडी र धनुषामा मात्र सीमा अतिक्रमणका घटना देखिएका छैनन्। दार्चुलादेखि ताप्लेजुङसम्म गरी भारतले ६० हजार ६ सय २७ हेक्टर मिचेको छ।

कञ्चनपुरको ब्रह्मदेवमण्डी–पूर्णागिरी, टनकपुर जलाशय क्षेत्र, टनकपुर ब्यारेज, बनबासा–गड्डाचौकी क्षेत्र, शारदा ब्यारेज, शुल्काफाँटा, परासन–खुड्काककडमा पनि सीमा विवाद छ। कैलालीको सतिविरानाला, बर्दियाका मनाउ, टपरा, खैरी, मुर्तिया, मानपुर–भीमापुर क्षेत्र भारतीय अतिक्रमणमा पर्दै आएका छन्। बाँकेका सन्तलिया, होलिया, नरैनापुर, लक्ष्मणपुर बाँध विवाद सुल्झिएको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार