शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपालमा

मंगलबार, कार्तिक २६ २०७६

काठमाडौँ(जस)– बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणमा आएका छन् । उनलाई विमानस्थलमै राष्ट्रपति भण्डारीले स्वागत गरेकी छिन्। उनको स्वागतका लागि उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ‌ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना विमानस्थल पुगेका छन्।

बंगलादेशी राष्ट्रपतिको तीन दशकपछिको नेपाल भ्रमण हो ।दुई देशबीच द्विपक्षीय व्यापार सुरुआत भएको २३ वर्ष भयो । तर, नेपालले व्यापार सन्तुलन भने गुमाउँदै गएको छ । यो भ्रमणले दुई देशबीचको व्यापारिक सम्बन्ध पुन: प्रवर्धन हुने बताइएको छ ।

बंगलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्। उनीसँग पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत शिष्टाचार भेट गर्ने जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार