शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

बार्सिलोनाको जितमा मेसीको कीर्तिमानी ह्याट्रिक

आइतबार, कार्तिक २४ २०७६

काठमाडौं(एजेन्सी)–स्पेनिस ला लिगामा बार्सिलोनाले सेल्टा डि भिगोलाई पराजित गरेको छ । गएराती बार्सिलोनाको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले सेल्टालाई ४(१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लियोनेल मेसीले ह्याट्रिक गरेका छन् । मेसीले खेलको २३औ, ४५औ र ४८औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

मेसीले एक गोल पेनाल्टी र बाँकी दुवै गोल फ्री(किकबाट गरेका थिए । यो सँगै मेसीले ला लिगामा आफ्नो ३४औ ह्याट्रिक पुरा गर्दै क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको बराबरी गरेका छन् । त्यस्तै एक गोल बस्क्वेट्सले गरेका थिए । जित पछि बार्सिलोना १२ खेलमा २५ अंकसहित लिगको शिर्ष स्थानमा उक्लिएको छ । सेल्टाको भने १३ खेलमा केवल ९ अंक रहेको छ ।

इबरमाथि रियल म्याड्रिडको सहज जित
स्पेनिस ला लिगामा रियल म्याड्रिडले इबरलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियलले इबरलाई ४(० गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जामाले दुई गोल गरेका थिए भने सर्जियो रामोस र फेडेरिको भलभेर्डोले एक एक गोल गरेका थिए । रियलका बेन्जमाले यस सिजनमा म्याड्रिडका लागि ११ गोल गर्दै अल टाइम रियलको गोलकर्ताको सुचिमा लिजेण्ड फेरेन्क पुस्कासलाई जितेका छन् । उनी रियलको धेरै गोल गर्ने सुचिमा छैठौ स्थानमा उक्लिएका छन् । रियलले यो जितसँगै १२ खेलमा २५ अंकसहित दोस्रो स्थानमा रहेको छ । बार्सिलोनापनि १२ खेलमा २५ अंकसहितनै शिर्ष स्थानमा रहेको छ । इबरको भने १३ खेलमा १५ अंक रहेको छ ।

क्रि

प्रतिक्रिया
सम्बन्धित समाचार