आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

इङ्ल्याण्डले जित्यो टी२० शृङ्खला, सुपरओभरमा विजयी

आइतबार, कार्तिक २४ २०७६

अकल्याण्ड(एएफपी)–चार महिनाअघि एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा विवादास्पद रुपमा सुपरओभरमा न्यूजील्याण्डलाई पराजित गरेको इङल्याण्डले फेरि टी२० को सुपरओभरमै न्यूजील्याण्डलाई उसकै घरेलु मैदानमा हराएको छ । न्यूजील्याण्डको अकल्याण्डमा खेलिएको २०–२० क्रिकेट प्रतियोगितामा इङ्ल्याण्डले न्यूजील्याण्डलाई सुपरओभरमा ९ रनले पराजित गरेको हो ।
शङ्खलाको पाँचौं तथा अन्तिम खेल वर्षाका कारण ११ ओभरमा झारिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजील्याण्डले निर्धारित ११ ओभरमा १४६ रनको विशाल स्कोर खडा गरेको थियो । न्यूजील्याण्डका लागि मार्टिन गप्टिलले २० बलमा ५०, कोलिन मुन्रोले २१ बलमा ४६ र टिम साइफर्टले १६ बलमा ३९ रन बनाएका थिए ।
जितका लागि १४७ रनको चुनौती पछ््याएको इङ्ल्याण्डले शुरुका तीन विकेट सस्तैमा गुमाएको थियो । इङ्ल्याण्डका लागि जोनी बेयरस्टोले १८ बलमा ४७ रनको महत्वपूर्ण योगदान दिएका थिए । दुबै टिमको स्कोर बराबर भएका कारण सुपरओभर खेलाइएको थियो । सुपरओभरमा इङ्ल्याण्डका जोनी बेयरस्टोले ८ तथा इयोन मर्गनले ९ रन बनाई जितका लागि १७ रनको लक्ष्य दिएका थिए । तर न्यूजील्याण्डको टिमले एक विकेट गुमाउँदै केबल ८ रन बनाएको थियो । यो जितसँगै इङ्ल्याण्डले ३–२ ले शृंखलामा विजयी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार