शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

मलेसियाले बंगलादेशबाट पुन: कामदार लैजाने, नेपाली कमदारलाई कम अवसर

शनिबार, कार्तिक २३ २०७६

काठमाडौं / मलेसियाले बंगलादेशबाट पनि पुन: कामदार आपूर्ति गर्ने संकेत दिएको छ । मलेसिया र बंगलादेशबीच कामदार आपूर्तिका विषयमा छलफल गरी सहमति गर्ने निर्णय भएको हो । शुक्रवार मलेसियामा बसेको दुई देशबीचका उच्च अधिकारीहरुको बैठकले कामदार भर्ना, छनौट, लागत खर्चमा विषयमा छलफल गरेको हो ।

बंगलादेशले कामदारको स्वास्थ्य परीक्षण र कामदारको लागत खर्चबारे चासो राखेको र त्यसलाई मलेसिया सरकारले छिट्टै टुंग्याउने सहमति भएको जनाइएको छ । दुई देशबीचको संयुक्त कार्यदलको बैठक यही नोभेम्बर २४ र २५ मा बंगलादेशमा बस्ने सहमति समेत गरेको छ।

आगामी बैठकले बाँकी रहेका प्रक्रिया टुंगो लगाउने र नोभेम्बर अन्तिममा समझदारी पत्रमा हस्तक्षर हुने दुई देशबी भएको समझदारीमा उल्लेख छ ।

गतवर्ष कार्त्तिक १२ मा नेपाल र मलेसियाबीच श्रम समझदारी भएको थियो तर नेपाली कामदारको लागि कोटा नतोकिएको भन्दै व्यवसायीले नि:शुल्क रोजगारीको अवसर गुम्ने अवस्था आएको बताउँदै आएका छन् । मलेसियाले बंगलादेशबाट कामदार लिन थालेमा सेक्युरिटी गार्ड बाहेक अन्य कोटा नेपाल नआउने व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार