भारतद्वारा जारी नयाँ नक्साबारे बोल्यो एनआरएनए , सरकारलाई साथ दिने प्रतिबद्धता

काठमाण्डौं – गैरआवासीय नेपाली संघ(एनआरएनए)ले भारतले जारी गरेको नक्सा सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । अध्यक्ष कुमार पन्तद्वारा जारी विज्ञप्तिमा भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग स् कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।सीमासम्बन्धि विषयहरु कुटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षको सहमतिमा ऐतिहासिक दस्तावेज एवम् प्रमाणका आधारमा टुङ्ग्याउनु पर्नेमा भारत एकपक्षीय ढंगबाट अगाडि बढेको भन्दै भत्सर्ना गरिएको छ ।संघले मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जसता संवेदनशिल विषयमा एकसाथ उभिन सबै नेपालीलाई आग्रह गर्दै आफूहरु सरकारको साथमा उभिन प्रतिबद्धत रहेको विज्ञप्तिमा जनाइएको छ ।