शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एनआरएनए नाइजेरियाले अर्घाखाँचीका ब्लडक्यान्सर पीडित न्यौपानेलाई सहयोग गर्ने

शुक्रबार, कार्तिक २२ २०७६

लेगोस , नाइजेरिया । एनआरएनए नाइजेरियाले अर्घाखाँची, शितगङ्गा नगरपालिका – ५ का नारायण प्रसाद न्यौपानेलाई उपचार सहयोग बापत रु ७१हजार १६० सहयोग जुटाएको छ । ब्लड क्यान्सर ले पीडित भै सिभिल अस्पताल काठमाडौंमा न्यौपाने उपचार गराई रहेका छन ।
एनआरएनए नाइजेरियाका अध्यक्ष रोशन थापाले सहयोग जुटी सकेको र सो रकम छिट्टै नै उनलाई पठाउने जानकारी दिएका छन । साथै सहयोगीहरु हिक्मत थापा , चिरञ्जीवी रोका , बिश्वास पौडेल , संजय थापा , शंकर बर्मा , बिरेन्द्र गुप्ता , प्रकाश सिङ्ग्डेन , अभिषेक मान सिंह , सोमेश अर्याल , भरत रिजाल , सुशान्त गिरी , रोशन थापा र ईन्द्र टन्डनलाई संघको तर्फबाट धन्यवाद ब्यक्त गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार