शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

दोस्रो दिनको खेल सकिदा एमसीसीलाई ३०२ रनको अग्रता

बिहिबार, कार्तिक २१ २०७६

काठमाडौं(जस)– नेपाल र मरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच जारी तीनदिवसीय फस्र्ट क्लास क्रिकेटमा दोस्रो दिनको खेल सकिएको छ । दोस्रो दिनको खेल सकिदा एमसीसीले नेपालमाथि ३०२ रनको अग्रता लिएको छ ।
एमसीसीले दोस्रो इनिंगमा दोस्रो दिनको खेल सकिदासम्म २ विकेट गुमाएर ९१ रन बनाएपछि पहिलो इनिंगमा २११ रनको अग्रताको अधारमा समग्रमा अहिलेसम्म ३०२ रनको अग्रता हासिल गरेको हो । एमसीसीको दोस्रो इनिंगमा टम वेस्टलीले अविजित १७ रन बनाएर खेलिरहेका चाहन भने माइल्स हम्मोड ३ रन बनाएर खेलिरहेका छन् । त्यस्तै विल गोल्डम्यानले ३९ रन बनाए भने वील रोड्स २४ रन बनाएर आउट भएका थिए ।
नेपाली बलर ललित राजबंशी र पवन सराफले एक एक विकेट लिएका थिए । यस अघि नेपालले आफ्नो पहिलो इनिंगमा १५३ रन बनाएर अल आउट भएको थियो । फलोअनमा परेको नेपाललाई एमसीसीले फलोअन नदिएर आफुले दोस्रो इनिंग ब्याटिंग गरेको थियो । एमसीसीले पहिलो इनिंगमा ३६४ रन बनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार