पोखरा । कास्की २ मा प्रतिनिधि सभा सदस्यका लागि १४ मंसिरमा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की विद्या भट्टराईले आफ्नो मनोनयन पत्र दर्ता गरेकी छन् । कास्की २ मा बिहिबार बिहान १०ः३५ प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर भट्टराईसहित छ जनाले म्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन्
विद्या भट्टराईको उम्मेदवारीमा कृष्ण थापा प्रस्तावक र प्रदेश सभा सदस्य प्रभा कोइराला समर्थक छन् । कार्यकर्ताको साथसहित उनी उक्त कार्यालय पुगेकी थिइन् ।
त्यस्तै २ नम्बरमा देशभक्तभ समाजका वीरबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गरेका छन् भने
३ नम्बरमा नेपाली काँग्रेस वीपी पार्टीका चन्द्र बहादुर रानाभाटले उम्मेदवारी दर्ता गरेका छन् । ४ नम्बरमा साझा पार्टीका रजनी केसी तथा ५ र ६ नम्बरमा स्वतन्त्र उम्मेदवार यज्ञप्रसाद पंगेनी र कमलजङ्ग कुवँरले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।