शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

क्रिकेटमा न्यूजील्याण्डद्वारा इङ्ल्यान्ड १४ रनले पराजित

मंगलबार, कार्तिक १९ २०७६

नेल्सन, न्यूजील्याण्डको नेल्सनमा मङ्गलबार सम्पन्न तेस्रो टी–२० क्रिकेट प्रतियोगितामा न्यूजील्याण्डले भ्रमणकारी इङल््याण्डलाई १४ रनले पराजित गरेको छ । पाँच खेलको यस शृंखलामा यो जितसँगै न्यूजील्याण्ड २–१ ले अघि भएको छ । न्यूजील्याण्डले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १८० रन बनाएको थियो । टस जितेर पहिलो ब्याटिङ रोजेको न्यूजील्याण्डले कोलिन डी ग्रान्डहोमको व्यक्तिगत ५५, मार्टिन गप्टिलको ३३, रस टेलरको २७ रनको मद्दतले उच्च स्कोर खडा गर्न सफल भएको थियो । जितका लागि १८१ रनको लक्ष पछ्याएको इंल्यान्डले राम्रो सुरुआत गरे पनि अन्तिम पाँच विकेट १० रनमै गुमाएको थियो । पन्ध्रौं ओभरमा १३९ रन बनाउँदा दुई विकेट मात्र गुमाएको र राम्रो लयमा रहेको इंल्यान्डकाे टोली त्यसपछि नाटकीयरुपमा पतन भएको थियो । इङल््याण्डका लागि डाविड मलान (५५) र जेम्स भिन्स (४९) ले राम्रो आधार तयार गरेका थिए । इङल््याण्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १६६ रन मात्र बनाएको थियो । हारपछि प्रतिक्रिया दिँदै इङल््याण्ड टोलीका कप्तान इयोन मर्गनले आफ्नो टोलीका नयाँ सदस्यमा अनुभवको कमी देखिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार