‘परिवर्तन चाहनुुहुन्छ भने आफैबाट सुरु गर्नुस्’ भन्ने मान्यतामा सदैव अडिग पत्रकारिताको माध्यमबाट सामाजिक परिवर्तनको अभियानमा विगत १७ वर्षदेखि निरन्तर कार्यरत रुपा शर्मा पाल्पाको धु्रबघाटमा जन्मिएकी हुन् । त्यहिको सरकारी स्कुलबाट एसएलसी पास गरेर उच्च शिक्षाको लागि काठमाडौं आईन् । पढ्दै जाने क्रममा पत्रकारीतातर्फ उनको रुचि बढ्यो । सन् २००२ मा काठमाडौं महानगरपालिकाले संचालन गरेको मेट्रो एफएमबाट उनले आफ्नो व्यवसायिक पत्रकारीताको सुरुवात गरिन् । सुरुको एकवर्ष विना पारिश्रमिक र त्यसपछिका ५ वर्ष मासिक २ हजार रुपैयाबाट उनको पत्रकारीताको यात्रा अगाडि बढ्दै गयो जुन अहिले सम्म जारी छ । मेटो एफएममा विहानी सिफ्टमा कार्यरत शर्माले एफएममा समाचार सम्पादन बाचन तथा कार्यक्रम उत्पादन संचालन गर्छिन् ।
एकल आमाको कोखमा हुर्कीएकी उनि आमामाथि भएको हिंसा र दुव्र्यवहारको कारण पत्रकारितामा पनि समाजिक सरोकारका मुद्धामा जोडिन पुगिन् । समाचार कक्षमा काम गरेपनि उनले समाजिक रुपान्तरणको लागि संकल्प नामका कार्यक्रम सन् २००५ देखि संचालन गर्न थालिन् । रेडियो कार्यक्रममार्फत हिंसा तथा वेचविखनका मुद्धामा निरन्तर वकालत गरिरहिन् । जुन कार्यक्रम अहिलेसम्म निरन्तर संचालित छ । निडर हक्कि तथा स्पष्ट बक्ताको रुपमा रहेकी शर्माले जुनसुकै तह तप्काका पुरुषहरुबाट महिला माथि भएको हिंसाको घटनालाई निर्भिकताका साथ बाहिर ल्याईन् । जसका कारण उनले पटक–पटक विभिन्न कीसिमका धम्की सहनु पर्यो ।
कोरियामा विहेको नाममा नेपाली महिलाहरुमाथि हुने वेचविखनको विषयमा कोरियामै पुगेर अध्ययन गरेकी शर्माले नेपालमा म्यारिज व्युरो कम्पनिले गरिव तथा अशिक्षित महिलालाई रोजगारीको प्रलोभनमा पारी विवाहको नाममा बेचविखन गर्छ र विवाह दर्ता गर्ने तत्कालीन आधिकारीक निकाय जिल्लाप्रशासन कार्यालयमा पैसा खाएर कसरी विवाह दर्ताको प्रमाणपत्र दिईन्छ भन्ने विषयमा सुक्ष्म अध्ययन गरी समाचार प्रकाशित गर्दा उनलाई ज्यान मार्नेसम्मको धम्की आयो र छोरालाई स्कुलबाटै अपहरणको प्रयास गरियो । केहि महिना उनि विक्षिप्त भईन् तर हरेस भने खाईनन् ।उनले सुरक्षाको कारण आफु बसेको ठाउ छाडिन् छोराको स्कुल परिवर्तन गरीन् तर पत्रकारीता पेशा भने छाडिनन् । यसैगरी शर्माले समलिगीं महिलाहरुमा हुने घरेलु हिंसाको विषयमा अनुसन्धनात्मक लेख हिमाल खबरबाटै प्रकाशित गर्दा समेत पिडकहरुबाट विभिन्न किसिमको धम्कीको समाना गर्नुपरेको थियो । चुनौतिपुर्ण विषयहरुको उठान गर्दै अगाडि बढेकी शर्माले पुरुष पत्रकारले गरेको यौनहिंसाको मुद्दापनि पहिलोपटक बाहिर ल्याएकी थिईन् । सो समय पनि उनलाई कामबाटै निस्कासन गर्नेसम्मको धम्की आएको थियो ।
सबैको समाचार लेख्ने रुपा आफै समाचार बन्न पुगिन् । सुरक्षाको लागि उनले प्रहरी सम्म लिखित माग गरिन् तर पनि पत्रकारीता मार्फत समाजिक न्याय स्थापित गर्ने सवालमा उनि कहिल्यै हतोत्साहित भईनन् । नेपालमा भएका डान्सवार, क्याविन, मसाज पार्लर तथा गेष्ठहाउस मा बालिका तथा कीशोरीमाथि हुने यौन दुव्र्यवहारका घटनाको विषयमा गहिरो अध्ययन गरी पटक पटक यससम्वन्धि समाचार बाहिर ल्याउदा सो क्षेत्रमा हुने विकृतिमा केहि सकारात्मक परिवर्तन भएको देखिन्छ । मेट्रो एफएममा विहानी सिफ्टमा कार्यरत शर्माले फुर्सदका समयमा पनि निरन्तर महिला बेचविखनको विभिन्न मुद्धामा दैनिक पत्रपत्रिका अनलाईन्हरुमा फिचर स्टोरीहरु लेख्न छाडिनन् । सन् २००५ मा दिगो विकासको लागि संचार माध्यमको परिचालन नामक संस्थाको स्थापना गरि उनले समाजिक रुपान्तरण गरी समतामुलक समाजको निर्माणको लागि पत्रकारहरुलाई परिचालन गर्ने अभियानमा समेत उनी सक्रिय रुपमा लागिरहेकी छन् ।
उनको कामप्रतिको लगाव र मेहनेतले गर्दा हाल उनि नेपाल टेलिभिजनको चर्चित कार्यक्रम आजको चर्चाको कार्यक्रम उत्पादक तथा संचालक रहेकी छन् । जुन कार्यक्रममा समाजिक सरोकारका विषयमा सरकारका उच्चपदस्थ व्यक्तित्वहरु संग प्रत्यक्ष कुराकानी गरि कानुनको कार्यान्व्यन, शुसासन, नितिगत परिवर्तन, मानव अधिकारका विषयमा कुराकानी गरिन्छ । यसका साथै उनले समाजिक रुपान्तरणको अभियानमा श्रम तथा रोजगार मन्त्रालयको सहकार्यकमा प्रधानमन्त्रि रोजगार कार्यक्रमको निर्माता तथा संचालक भएर काम गरेकी छन् ।
विभिन्न गैररकारी संस्थाहरुमा कन्सल्टायान्ट र संचार संयोजकको रुपमा काम गरिरहेकी शर्माले लैगिंकता र वेचविखनको विषयमा तालिम समेत प्रदान गर्ने गर्छिन् । रेडियो कार्यक्रम उत्पादन तथा संचालन वृत्तचित्र निर्माण लगायत उनको कामको सम्मान स्वरुप उनले महिला बालवालिका तथा जेष्ठ नागरीक मन्त्रालय , तत्कालिन केन्द्रिय वाल कल्याण समिति , नेपाल पत्रकार महासंघ लगायतका बाट राष्ट्रिय स्तरको पुरस्कार पाउनुको साथै अन्य दर्जनौ पुरस्कार पाएकी छन् । हाल उनि कोरियामा रहेको एसियन वुमन व्रिज नामक संस्थाको नेपाल शाखाको लैगिंक विज्ञको रुपमा कार्यरत छन् भने मानव अधिकार संचार प्रतिष्ठान ईह्रिकनको महासचिव र सेन्टर फर अवारनेस प्रोमोसन् नेपाल –क्याप नेपाल) को सचिव छन् भने थुप्रै समाजिक संस्थाको सल्लाहकार र मानार्थ सदस्य रहेकी छन् ।
