मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एनआरएनए अमेरिकाको ट्रेड एण्ड टुरिजम प्रमोसन प्रमुखमा शेर्पा

मंगलबार, कार्तिक १९ २०७६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आङ जाङबु शेर्पालाई ट्रेड एण्ड टुरिजम प्रमोसनको प्रमुख (चियर)मा मनोनयन गरेको छ । एनआरएनए अमेरिकाको ४ नोभेम्बर २०१९ को बैठकले शेर्पालाई सो जिम्मेवारी दिने निर्णय गरेको हो ।

सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका १ मा जन्मिनुभएका शेर्पा विगत लामो समयदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आउनुभएको छ । अमेरिका जानुअघि पर्यटन व्यवसाय अंगाल्नुभएको थियो । नेपालको समग्र पर्यटन क्षेत्रको अवस्था बुझेको हुनाले शेर्पाले यसको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० लाई महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

एनआरएनएले उक्त कमिटीको कोचियरको रुपमा सुर्य खड्का, तुल्सी चौलागाई, चन्द्र बहादुर जिसी, शम्भुप्रसाद लामिछानेलाई मनोनयन गरेको छ भने सदस्यहरुमा भरत बाँस्कोटा, नगेन्द्र यादव, पासाङ निमा शेर्पा, पासाङ रिञ्जी शेर्पा, सोनाम शेर्पा, शुशिलेश्वर मुलपाटीलाई मनोनयन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार