शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

राष्ट्रिय फुटलब टोली नेपाली टोली म्यान्मातर्फ

आइतबार, कार्तिक १७ २०७६

काठमाडौँ(जस)–अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेल्नका लागि राष्ट्रिय फुटलब टोली आइतबार म्यान्मा गएको छ । यही कात्तिक २१ गते म्यान्माको मैदानमा हुने मैत्रीपूर्ण खेलमा सहभागिता जनाउन जाने २३ खेलाडीसहितको नेपाली टोलीलाई आइतबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले सफलताको शुभकामना दिँदै बिदाइ गरे । टोली आइतबारै त्यसतर्फ प्रस्थान गरेको एन्फाले जनाएको छ ।
कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा समूह ‘बी’ मा परेको नेपालले आगामी मङ्सिर ३ गते दशरथ रङ्गशालामा ‘होम’ खेलअन्तर्गत कुवेत विरुद्वको पहिलो खेल खेल्दैछ । त्यसैको तयारीस्वरूप नेपालले म्यान्मासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । विश्वकप छनोटमा नेपालले यसअघि खेलेको चार खेलमा तीन अङ्क जोडेको छ ।
सहभागी नेपाली टोलीको गोलकिपरमा विशाल श्रेष्ठ, विकेश कुथु र एलेन न्यौपाने छन् भने डिफेन्डरमा दिनेश राजवंशी, सरोज दाहाल, अजित भण्डारी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् । त्यसैगरी मिडफिल्डरमा, रवी पासवान, अन्जन बिष्ट, मिक्चेन तामाङ, सुनिल बाल, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र सुवास गुरुङ छन् भने फरवार्डमा नवयुग श्रेष्ठ, भरत खवास, विमल घर्तीमगर र अभिषेक रिजाल छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार