शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

ज्ञानेन्द्र मल्ल बने नेपाली क्रिकेटको नयाँ कप्तान

बुधबार, कार्तिक १३ २०७६

काठमाडौं(जस)–नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तान छनोट गरेको हो । क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए ।
पारस करिब १० बर्षसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्रले उपकप्तानको भूमिका निभाएका थिए । २९ बर्षिय मल्लले नेपालका लागि अहिलेसम्म ६ एकदिवसीय खेल खेलेका छन् । जसमा एक अर्धशतक सहित १४३ रन बनाएका छन् । त्यस्तै नेपालका लागि २१ टी–२० खेल खेल्दै ३३४ रन बनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार