आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

रामहरी गैह्रे बने चितवन युवा समूह कतारको अध्यक्ष

सोमबार, असोज १३ २०७६

दोहा । ‘चितवनको विकास र समाजिक भावना, समाजको एकता र समृद्धिको चाहना’ को मूल नारालार्इ अगाडि बढाउँद चितवन युवा समूह दोहा कतार को १५ औं अधिवेशन दोहामा सम्पन्न भएको छ ।

सन् २००१ देखि कतारको दोहामा क्रियाशिल समूहले जारी अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनबाट अध्यक्ष पदमा रामहरी गैरे, प्रथम उपाध्यक्षमा श्यामकुमार पाण्डे , द्वितिय उपाध्यक्षमा वीरबहादुर गुरुङ, महासचिव प्रकाश अर्याल , सचिव पुरण पौडेल, कोषाध्यक्ष नवीन घिमिरे, सह–कोषाध्यक्षमा कृष्णबहादुर सुनार चुनिएका छन् ।

त्यस्तै सदस्यहरुमा सोमा खाती परियार, सङिता थिङ तामाङ , जयबहादुर थापा मगर, अनिश नकर्मी, राजु तिवारी राजेन्द्र , सुवास थापा, विजय चौधरी, मीनबहादुर रसाइली, अर्जुनकुमार विश्वकर्मा , गणेश थापा, राजकुमार थापा, भुमिराज कार्की, युवराज शर्मा, तोरण श्रीपाली, दिपक भण्डारी, नवराज श्रेष्ठ रहेका छन् ।

चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समितिका सदभावना दूत तथा गैरआवासिय नेपाली संघका केन्द्रिय सहकोषाध्यक्ष सोम सापकोटाको प्रमुख आतिथ्य तथा संस्थाका कार्यबाहक अध्यक्ष प्रकाश अर्यालको सभापतित्वमा सम्पन्न अधिवेशनमा दोहामा रहेका विभिन्न राजनीतिक सङ्गठन तथा समाजिक संस्थाका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै सापकोटाले चितवन जिल्ला र पर्यटन वर्ष परिपुरक जस्तै भएकाले चितवनले पर्यटन वर्षलाई मध्यनजर गर्दै विशेष भुमिका खेल्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै गैरआवासिय नेपाली संघका मध्यपूर्व संयोजक राजेन्द्रकुमार शर्माले चितवन युवा समूह मध्यपुर्वकै समाजिक संस्था मध्ये नमुना संस्था रहेको भन्दै पछिल्लो दिनमा क्रियाशिलता कम भएको उल्लेख गरेका छन् ।

एनआरएन आइसीसी मानार्थ सदस्य कमलमणी गुरागार्इंले पनि धेरै संस्था हुनुभन्दा जोडिएर एउटै भइ काम गर्न सुझाव दिए ।

कार्यक्रममा टीबी कार्की, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष चानकराज पोखरेल, जनसम्पर्क समिति कतारका कार्यबाहक सभापति शंकर न्यौपाने, यस संस्थाका सस्थापक अध्यक्ष सागर नेपाल, प्रबास संयोजक समीर केसी, आइसीसी सदस्य युवराज शर्मा, एनआरएन एनसीसी महिला संयोजक अम्बिका खत्री आइसीसी सदस्य विमल सुवेदी लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा कार्यबाहक अध्यक्ष प्रकाश अर्यालद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन बहुमतले पारित भएको छ भने कोषाध्यक्ष विरु गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमाथि सामान्य छलफल भएपछि पारित गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार