दैलेखमा जीप दुर्घटना, दुईको मृत्यु

दैलेख/ दैलेखको डुंगेश्वर गाउँपालिका–२ उम गाउँको भतेल्ना भन्ने ठाउँमा शुक्रबार राति यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डुंगेश्वर गाउँपालिका–२ उम गाउँकी ७१ वर्षीया चन्द्रकला ओली र ९ वर्षीय बालक दमन बुढा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दैलेख सदरमुकामबाट उमका लागि जाँदै गरेको भे १ ज ३९९१ नम्बरको यात्रुवाहक जीप दुर्घटना हुदाँ उनीहरुको मृत्यु भएको हो ।

यस्तै, दुर्घटनामा गाडी मालिक उम गाउँकै ३८ वर्षीय इन्द्रबहादुर थापा र उम गाउँकै २८ वर्षीय लोकेन्द्रबहादुर थापा घाइते भएका छन् । लोकेन्द्रलाई उपचारका लागि सुर्खेत लगिएको र इन्द्रबहादुर सामान्य उपचारपछि घर फर्किएका छन् ।

गुराँस गाउँपालिका–४ तालपोखरी घर भएका २६ वर्षीय चालक सुरेश बिक दुर्घटनालगत्तै फरार भएकोले चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिप सडकबाट करिब १०० मिटर तल खसेको थियो ।