बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नापोलीको लिसमाथि सानदार जीत

सोमबार, असोज ६ २०७६

काठमाडौं(एजेन्सी)–इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले सानदार जीत निकालेको छ । आइतबार राति भएको खेलमा नापोलीले लिसलाई उसैको मैदानमा ४–१ गोलले हरायो । नपोलीको जितमा फर्नान्डो लोरेन्टेले २८ औँ र ८२औँ मिनेटमा दुई गोल गरे । लोरेन्जो इनसिग्नेले ४०औँ र फावियन रुइजले ५२औँ मिनेटमा गोल गरेका थिए । घरेल टोली लिसका मार्काे मनकोसुले ६१औँ मिनेटमा पेनाल्टी मार्फत सान्त्वना गोल फर्काएका थिए ।
जितसँगै चार खेलबाट ९ अंक बनाएको नापोली तेस्रो स्थानमा छ । तीन अंक बनाएको लिस १८औँ स्थानमा छ । शीर्ष स्थानमा रहेको इन्टर मिलानको १२ तथा दोस्रो स्थानमा आसिन युभेन्ट्सको १० अंक छ । यसैगरी सिरी ‘ए’ फुटबलको अन्य खेलमा एस रोमाले बोलोग्नोलाई २–१, ससौलोले एसपललाई ३–०, साम्पोडोरियाले टोरिनोलाई १–० र लाजियोले पर्मालाई २–० गोलले हराएको छ । एटलान्टा र फियोरेन्टिनाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार