बेलायतको मतगणनाको गाँठो खाेल्न केन्द्रिय उपाध्यक्ष आचार्यको समन्वयकारी भूमिका

एन आर एन युकेको निर्वाचन विवादका कारण अन्योलमा परेको मतगणना आज सुरु हुने भएको छ। केन्द्रिय उपाध्यक्ष कुल आचार्यको निरन्तर पहल र अनुरोध पछि दुवै पक्ष विवादीत स्थानक मतपेटिका पछि सहमति पश्चात मात्र खोल्ने सर्तमा राजि भएका हुन् । एनआरएन केन्द्र बाट भबन भट्टले कुल आचार्यलाई सहमति जुटाई तत्काल समस्या समाधान गर्न निरन्तर समन्वय गरेका थिए । बैठकले ४ बुँदे सहमति गरेको बताइए पनि सहमतिपत्र सार्वजनिक गरिएको छैन ।

आइसिसि उपाध्यक्ष कुल आचार्यले नै बेलायतमा संतुलित र समन्वयकारी भूमिका खेलेको अन्य व्यक्तिहरु एकपक्षको ओकालत गर्दै बाताबरण बिगारेको बेलायतका गैर आवासीय नेपाली संघका अग्रजहरु बताउने गर्छन । एन आर एन अन्तराष्ट्रिय उपाध्यक्ष कुल आचार्य, निर्वाचन प्रमुख रि मे डम्मर घले, संरछ्यकहरू सुर्य गुरूङ र योगेन छत्री लगायतको पहलमा समस्या समाधानका लागी निरन्तर छलफल र पहल भएको थियो।

मतदानका क्रममा धाँदली भएको भन्दै शेर सुनार पक्षले दिउसो २ बजे नै उजुरी दिदा पनि सुनुवाई नभएको भन्दै विरोध गरेर असहमति जनै मत गणनामा सहभागी नभएपछि मतगणना रोकिएको थियो । बेइजिङ्ग स्टकमा दिउसो २ बजे देखि नै धादली भएको रिपोर्ट भएपछि शान्तिपूर्ण रुपमा अत्यन्त निस्पक्ष निर्वाचन भएको ह्यारोलाई बिबादमा तान्ने काम ह्यारो क्षेत्र बस्ने एक पक्षका प्रतिनिधि तथा केन्द्रिय प्रतिनिधिहरुले नै गरेको समाज भाँडेको भन्दै ह्यारोबासि रुस्ट रहेको प्रतिक्रिया सामाजिक संजालमा पोखिएका छन् । एनआरएन यूकेको नेतृत्व चयनका लागि सेप्टेम्बर १४ मा मतदान भएको थियो। आईसीसीले अध्यक्ष भवन भट्टको समन्वयमा आईसीसी उपाध्यक्ष कुल आचार्यलाई समन्वय गर्न खटाएको छ।