बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

संविधान दिवसको अबसर पारी सिराहा बजारमा सरसफाइ गर्दै एसपी चतुर्बेदी

बिहिबार, असोज २ २०७६

आलोक यादव सिराहा असोज  – संविधान दिवसको अवसर पारी सिराहाको जिल्ला सदरमुकाम सिराहा बजारको सरसफाइ गरिएको छ। जिल्ला प्रशासन कार्यालयको नेतृत्व, नेपाल प्रहरी , सशस्त्र प्रहरी बल , राष्ट्रिय अनुसन्धान र नेपाली सेनाको सक्रियतामा संबिधान दिवस २०७५ का अवसरमा जिल्ला सदरमुकाम सिराहा बजार सरसफाइ गरिएको हो।प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले असोज ३ गते संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम हुने र त्यसैको अवसरमा जिल्ला सदरमुकाम सिराहा बजार तथा जिल्ला समन्वय समितिको खुलामञ्चको सरसफाइ गरिएको बताए।

यस्तै संविधान दिवसकै अवसरमा जिल्ला समन्वय समितिको खुला मञ्चलाई रंङरोगन पनि गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी , जिल्ला प्रहरी प्रमूख एसपी उमा प्रसाद चतुर्बेदी , राष्ट्रिय अनुसन्धान सिराहाका प्रमुख एसपी रमेशचन्द्र यादव , सशस्त्र प्रहरी बल सिराहा प्रमुख एसपि प्रबिन कंडेल , नेपाली सेना सहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हातमा बेल्चा, झाडु बोकेर बजार क्षेत्रमा सरसफाइ गरेका थिए।२०७२ साल असोज ३ गते नेपालमा पहिलो पटक संविधान घोषणा भएको दिन पारी वर्षेनी संविधान दिवस मनाइँदै आएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार