मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

आज सरकारी स्वास्थ्य संस्थाको ओपीडीतर्फको टिकट निःशुल्क

बिहिबार, असोज २ २०७६

काठमाडौँ(जस)–सरकारी अस्पतालमा बिहीबार निःशुल्क जाँच हुने भएको छ । संविधान दिवसको अवसरमा सरकारले ओपीडी टिकट निःशुल्क वितरण गर्ने व्यवस्था गरेको हो ।

सरकारले देशभरका सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा ओपीडी टिकट निःशुल्क वितरण गर्न निर्देशन दिएको छ । शुक्रबार परेको संविधान दिवसको अघिल्लो दिन सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा ओपीडी टिकटको पैसा नलिन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयले सूचना निकालेर संविधान दिवस भव्यताकासाथ मनाउन भन्दै बिहीबार ओपीडी टिकटको पैसा नलिन निर्देशन दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार