बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

स्वर्ण पदक विजेता प्रिन्सलाई स्वागत

सोमबार, भाद्र ३० २०७६

काठमाडौँ(जस)–संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा सम्पन्न ‘दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइजमा नेपाललाई स्वर्ण पदक दिलाएका प्रिन्स दाहाल सोमबार स्वदेश फर्केका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष लवभक्त श्रेष्ठ, सचिव नविनविक्रम शाह, सदस्य दीपक थापालगयातले प्रिन्स तथा उनका प्रशिक्षक कमलेश निरौलालाई स्वागत गरेका थिए ।
दुबईमा आइतबार सम्पन्न फाइनल खेलमा प्रिन्सले विश्वको नवौँ बरियताका खेलाडी भारतका वरुण कपुरलाई २–० सोझो सेटमा पराजित गरी नेपाललाई स्वर्ण पदक दिलाएका थिए । उनले वरुणलाई कपुरलाई २१–१९ र २१–१९ अङ्कले हराएका थिए । प्रिन्सले उक्त प्रतियोगितामा यु–१९ मिक्स डबल्स र यु–१९ ब्वाइज डबल्समा समेत नेपाललाई रजत पदक दिलाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार