बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

बिग बाश लिगमा सन्दीप फेरी मेलवर्न स्टार्सबाटै खेल्ने

सोमबार, भाद्र ३० २०७६

काठमाडौं(एजेन्सी)–नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियाको टी–२० लिग बिग बाश लिगमा लगातारो दोस्रो सिजन खेल्ने भएका छन् ।सन्दीपलाई अघिल्लो सिजनको फ्रेन्चाईजी क्लब मेलवर्न स्टार्सले आउँदो सिजनका लागि पनि अनुबन्ध गरेको हो । हाल क्यारेबियन प्रिमियर लिग खेलीरहेका सन्दिप आगाम इदिसेम्बर १७ देखि फेब्रुअरी ८ सम्म हुने बिग बाश लिग खेल्ने छन् । गत सिजनमा ८ खेल मात्र खेल्दै ११ विकेट लिएका सन्दीपले मेलवर्न स्टार्सबाट गत सिजनको फाइनल खेलेका थिए । फाइनलमा मेलवर्न पराजित भएपनि सन्दीपले किफायती बलिङ गर्दै ४ ओभरमा केवल ११ रन दिएका थिए ।
गत सिजनमा सन्दीपले कुल ८ खेलमा ११ विकेट लिदा उनको उत्कृष्ट प्रदर्शन ४ ओभरमा ११ रन दिएर ३ विकेट रहेको थियो । बिग बाश लिगमा सन्दीपको इकोनोमी ६.५७ रहेको छ । गत सिजनमा ६० हजार डलरमा अनुबन्ध भएका सन्दीप यस सिजनमा थप रकमका साथ अनुबन्ध भएको बताइएको छ । याधय्पी सो रकम भने खुलाइएको छ । मेलवर्न स्टार्सले पनि आउदो सिजनका लागि सन्दीप अनुबन्ध भएको निश्चित गरेको । मेलवर्न स्टार्सले अहिलेसम्म दुई पटक फाइनलमा पुगेपनि बिग बाश लिगको उपाधि भने जित्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार