समाजसेवी लोकप्रसाद दाहालको पहलमा निर्मित बद्री विशाल मा विको पक्की भवन हस्तान्तरण

 

धादिङ, ३० भदौं – गैर आवासीय नेपाली संघ (एनआरएन) बेल्जियमका निर्वतमान अध्यक्ष तथा समाजसेवी लोक प्रसाद दाहालको पहलमा निर्मित धादिङमा अवस्थित बद्री विशाल माविको ८ कोठे पक्की भवन औपचारिक रुपमा हस्तान्तरण गरिएको छ ।७२ लाख रुपैयाँ भन्दा बढि लगानीमा निर्मित उक्त भवन आइतबार विद्यालय प्राङ्गानमा आयोजित एक विशेष समारोहबीच दाहाल नेतृत्वमा आएको डा.लुक विकोर्ड तथा सहयोगी संस्था फ्रम पिपुल टु पिपुल बेल्जियमको टिमले विद्यालय र स्थानीयलाई हस्तान्तरण गरेको हो ।धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका, बुढाथुममा अवस्थित उक्त विद्यालयको भौतिक संरचना गत २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको थियो ।

बुढाथुममै जन्मिनुभई हाल बेल्जियममा बस्दै आएका समाजसेवी दाहालले क्षतविक्षत अवस्थामा रहेको विद्यालयको पठनपाठनलाई सहज बनाउनका लागि आफ्नै नेतृत्वको जम्बो टोली ल्याएर अस्थायी टहरा निर्माण गर्नुका साथै पक्की भवन निर्माणको काम अगाडि बढाएका थिए । उक्त भवनलाई विद्यालय र स्थानीयले बेल्जियम भवन भनेर नामाकरण गरेका छन् ।दाहालले विद्यालयको भवन तथा अन्य आवश्यक संरचनासँगै भूकम्प पीडितहरुका लागि निशुल्क स्वास्थ्य शिविर, खानेपानीको व्यवस्था गर्नुका साथै पुरै गाउँलाई पुग्ने जस्तापाता, त्रिपाल तथा अन्य राहतका सामाग्री वितरण गरेका थिए ।त्यस वेला उनले बुढाथुममा मात्रै नभएर अन्य विभिन्न जिल्लामासमेत भूकम्पपीडितहरुका लागि सहयोग गरेका थिए । विद्यालयलाई भवन हस्तान्तरण गर्ने उक्त कार्यक्रममा प्रदेश सभा सदस्य जगत सिंखडाले लोक प्रसाद दाहाल लगायतको मनकारी बेल्जियम टिमलाई धन्यावाद दिएका थिए ।

कार्यक्रममा शिक्षक विद्यार्थीहरुले लोक दाहाल टिमलाई विद्यालय भवन बन्यो, विद्यालयमा पानीको समस्या पनि टर्यो अब खेलमैदानको लागि सहयोग गर्न आग्रह गरेका थिए ।

बुढाथुम र बसेरीमा मात्र १ करोड ५० हजार भन्दा बढी सहयोग

१. श्री बद्री विशाल उच्च माविको भवन ७१ लाख पक्की भवन निमार्ण
२. महालक्ष्मी उच्च मावि र शिवालय माविको भवन निमार्ण ३५ लाख ५० हजार
३. बुढाथुम पानी ट्याङ्की मर्मत तथा धारा विस्तारको ५ लाख ७० हजार
४. खानेपानी ट्याङ्की र पाईप लाईन विस्तार गलने ६ लाख
५. रुनचेतमा खाद्यान्न २५० घरधुरीलाई ३ लाख ८५ हजार
६. सोतीमा खाद्यान्न वितरण ३ लाख ७० हजार
७. कन्या स्कुलको टिएलसी निमार्ण २ वर्ष सम्म १ शिक्षकलाई तलव गरि २ लाख
८. लापुडाँडा खानेपानी पाइप ५० हजार
९. सिता दाहालद्वारा बसेरीमा मन्दिर निर्माण,मरनघाट निर्माण ७ लाख २० हजार
१०. सिता दाहालद्वारा गलनेका २ वटा मन्दिर निर्माण र खानेपानी धारा निर्माण ११ लाख
११. गलने पुरै गाउँको लागि जस्ता पाता र खाद्यान्न १५ लाख